Aadarsh-Daily

सखुवा प्रसौनीमा ‘ग्लोबल मनी विक’ अवसरमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीमा बैंकिङ सचेतना अभिवृद्धि

ad-4p

पर्सा । सखुवा प्रसौनी गाउँपालिका–२ स्थित दिपनारायण आदर्श माध्यमिक विद्यालय पचगावाँमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

कृषि विकास बैंक शाखा कार्यालय सखुवा प्रसौनीको आयोजनामा ग्लोबल मनी विक को अवसर पारेर कार्यक्रम गरिएको हो।

वित्तीय चेतनामूलक नारासहित निकालिएको प्रभातफेरी पचगावाँ, औराहा र श्रीपुर बजार परिक्रमा गर्दै बैंक शाखा कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।

content left

कार्यक्रममा बैंकका मधेस प्रदेश क्षेत्रीय कार्यालयका निर्देशक अर्जुन ढुंगाना ले पैसाको सही सदुपयोग र सुरक्षामा जोड दिँदै बैंकिङ सेवाको महत्वबारे जानकारी दिएका थिए।

त्यस्तै, क्षेत्रीय शाखा प्रमुख विजय गौतम ले सकली र नकली नोट चिन्ने तरिकाबारे जानकारी गराएका थिए।

विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारु तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव ले पनि वित्तीय साक्षरताको महत्वबारे धारणा राखेका थिए।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शाखा प्रबन्धक त्रिबेदी कुमार शाह को अध्यक्षतामा आयोजित कार्यक्रममा बैंकका अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily