Aadarsh-Daily

आज ईद उल फित्र पर्व, मुस्लिम समुदायमा उल्लास र उमंग

ad-4p

मुस्लिम धर्मावलम्बीहरूले आज (शनिबार) आफ्नो महान् चाड ईद उल फित्र हर्षोल्लासका साथ मनाइरहेका छन्। एक महिना लामो रोजा (व्रत) सम्पन्न गरेपछि यो पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ।

content ad p2

अरबी पात्रो हिजरी संवतअनुसार मुस्लिम धर्मको दशौं महिना ‘सौवाल’को पहिलो दिन बिहान विशेष नमाज अदा गरी तीन दिनसम्म आफन्तजन र ठूलाबडाकहाँ गई आशीर्वाद लिने परम्परा छ। घरमा आउने पाहुनालाई सेवई, खजुरलगायत मिठा परिकार खुवाउने चलन पनि छ। नयाँ कपडा लगाएर साथीभाइबीच ईदको शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ।

वीरगञ्जमा पनि मुस्लिम समुदायको बाक्लो बसोबास रहेका छपकैया, लाठगल्ली, मुर्ली, इनर्वा, रानीघाट, श्रीपुर, बहुअरी लगायतका टोलमा बिहानैदेखि ईदको चहलपहल देखिएको छ। पर्सा र बाराका ग्रामीण भेगमा समेत हर्षोल्लासका साथ पर्व मनाइँदैछ।

content left

अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद मनाउने मिति तय हुने गर्छ। वीरगञ्जका मौलाना नुरुल होदाका अनुसार शुक्रबार साँझ चन्द्रमा देखिएपछि आज ईद मनाउन थालिएको हो।

ईदको अर्को महत्वपूर्ण पक्ष दान (जकात) हो। मुस्लिम धर्मग्रन्थ कुरान अनुसार आफ्नो वार्षिक बचतको करिब साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ। यसैगरी ‘सदकातुल फित्र’ (फितर) स्वरूप गहुँ वा नगद दान गरिन्छ, जुन दीनदुःखी र गरिबलाई वितरण गरिन्छ।

एक महिना लामो रमजान अवधिमा मुस्लिम समुदायले बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन गर्ने गर्छन्। रोजा पूरा भएपछि ईद उल फित्र मनाइने परम्परा रहेको छ।

ईद पर्वको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily