Aadarsh-Daily

गोल्डेन फ्युचरका कक्षा १० का विद्यार्थीलाई भव्य विदाइ कार्यक्रम सम्पन्न

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ स्थित गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको भव्य विदाई कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रम स्थानीय होटल शाहदरबारमा सम्पन्न भएको हो।

content ad p2

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो उज्ज्वल भविष्य निर्माणसँगै विद्यालय र पर्सा जिल्लाको नाम उच्च बनाउनेतर्फ लाग्न आग्रह गरे। उनले कक्षा १२ सम्मको शिक्षा प्रणाली लागू भइसके पनि विदाई कार्यक्रम परम्परागत अभ्यासका रूपमा विद्यालय स्तरमै गरिने गरेको उल्लेख गरे।

content left

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यार्थीहरूले आफ्नो लक्ष्यअनुसार शिक्षा हासिल गर्नुपर्नेमा जोड दिए। उनले शिक्षकहरूले दिएको प्रेरणालाई आत्मसात गर्दै सकारात्मक गुणहरू अंगाल्न र नकारात्मक पक्ष त्याग्दै सफलताको यात्रामा अघि बढ्न सुझाव दिए।

विद्यालयका प्रिन्सिपल उमेश शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रोफेसर रामनाथ यादव, डा। उमेश चौरसिया, डा. संजय चौरासिया, प्याप्सन मधेश प्रदेशका वरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, किशोरीलालप्रसाद, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवलगायतले विद्यार्थीहरूको सफल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा विद्यालयका एकेडेमिक चिफ सरोज शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन शिक्षक अरुण यादवले गरेका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily