Aadarsh-Daily

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यान मुद्दा अनुसन्धानमा पक्राउ, नेपालको इतिहासमै पहिलो घटना

ad-4p
content left

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय टेकुको एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली गुण्डुस्थित निवासमा खटिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पनि ओली पक्राउ परेको पुष्टि गरेका छन्।

यसैबीच, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक लाई पनि आज बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपालको इतिहासमा कार्यकारी प्रमुख नै ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेको यो पहिलो घटना मानिएको छ।

तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो।

उक्त दफाअनुसार कसैले हेलचेक्र्याईंका कारण ज्यान गुमाएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृहमन्त्री सुदन गुरुङले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यसपछि कानुनी प्रक्रिया पूरा गर्दै प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार पीडित परिवारको जाहेरीका आधारमा मुद्दा दर्ता गरी पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतबाट अनुमति नलिई जरुरी पूर्जीका आधारमा नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउपछि अब उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily