Aadarsh-Daily

पूर्वगृहमन्त्री रमेश लेखक को आरोप– प्रतिशोधपूर्ण पक्राउ, राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा

ad-4p

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक ले आफूलाई प्रतिशोध र राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

content ad p2
content left

उनले भने, “राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ, यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।” मन्त्रिपरिषद् निर्णयबाटै पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको समेत उनको भनाइ छ। “क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिनु संसारमै नहुने अभ्यास हो,” उनले उल्लेख गरे।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले पनि आफूलाई गरिएको पक्राउ प्रतिशोधपूर्ण भएको बताएका छन्।

तर गृहमन्त्री सुधन गुरुङ ले भने कानूनभन्दा माथि कोही नरहेको स्पष्ट पार्दै यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन्।

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily