Aadarsh-Daily

आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै

ad-4p

आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन तथा विभिन्न धार्मिक अनुष्ठान गरी मनाइरहेका छन्।

content ad p2

वीरगञ्जस्थित महावीरस्थान, रामजानकी मन्दिर तथा काठमाडौँको हनुमानढोका दरबार लगायत देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ। भक्तजनहरूले सिन्दूर, तेल, फूलमाला, लड्डु तथा प्रसाद चढाई पूजा गर्ने परम्परा रहिआएको छ।

content left

सनातन परम्पराअनुसार हनुमान जयन्तीलाई साहस, निष्ठा, सेवा, शक्ति र भक्तिको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा भक्तजनहरूले हनुमान चालीसा, सुन्दरकाण्ड तथा रामभक्ति सम्बन्धी पाठ–पारायण गरिरहेका छन्।

पञ्चाङ्गअनुसार यस वर्ष हनुमान जयन्ती चैत्र शुक्ल पूर्णिमामा परेको छ। पूर्णिमा तिथि नेपाली समयअनुसार ११ गते बिहान ३:४७ बजेदेखि १२ गते बिहान ५:४३ बजेसम्म रहेको जनाइएको छ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जसहित देशभर विभिन्न धार्मिक कार्यक्रम, झाँकी, महाआरती तथा जुलुसको आयोजना गरिएको छ। महावीरस्थान मन्दिरमा साँझ विशेष पूजा, महाआरती, प्रसाद वितरण र झाँकी कार्यक्रम राखिएको छ भने विभिन्न धार्मिक संघ–संस्थाले विशेष जुलुस निकाल्ने तयारी गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily