Aadarsh-Daily

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै

ad-4p

प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्त्वपूर्ण छलफल गर्दै हुनुहुन्छ।

content ad p2

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको यो बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

content left

छलफलमा सङ्घ–प्रदेश समन्वय सुदृढ बनाउने, विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोतसाधनको बाँडफाँट र प्रदेशका प्रशासनिक तथा आर्थिक समस्याको समाधानबारे केन्द्रित रहने जनाइएको छ।

साथै राष्ट्रिय प्राथमिकताका योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह सुधार, सुशासन कायम र वर्तमान आर्थिक अवस्थाबारे साझा समझदारी निर्माण गर्ने विषय पनि एजेण्डामा रहनेछ।

सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा यो छलफल महत्त्वपूर्ण मानिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily