Aadarsh-Daily

ठगी तथा संगठित अपराधका फरार दुई जना पक्राउ

ad-4p

ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

content ad p2

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का २९ वर्षीय वीर नारायण चौरसिया र २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्। दुवैलाई वीरगन्ज–१६ स्थित इनर्वा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

content left

प्रहरीका अनुसार अदालतले उनीहरूलाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जनही १९ वर्ष कैद र कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास तथा निगरानी गरी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित खबर

भारत लैजाँदै गरेको ११० किलो गाँजा सिरहामा बरामद

Aadarsh Daily

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily