Aadarsh-Daily

पाँच वर्ष पुरानो मृत्यु प्रकरणमा जालिम मियाँका दुई छोरा कारागार चलान

ad-4p

पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा पाँच वर्ष पुरानो मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

content ad p2

पर्सा जिल्ला अदालतको आदेशपछि जेठा छोरा नासिर अहमद मन्सुरी र कान्छा छोरा जाफिर अहमदलाई वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

content left

प्रहरीका अनुसार जाफिरकी सालीको २०७८ असोज २१ गते मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिई वीरगंज महानगरपालिका–१३, मुर्लीस्थित कब्रिस्तानमा शव गाड्न खोजिएको थियो। उक्त घटनामा दुवै दाजुभाइमाथि संलग्न रहेको आरोप छ।

प्रहरीले नासिरलाई असोज ३ गते र जाफिरलाई असोज १५ गते पक्राउ गरेको थियो। घटनामा जबर्जस्ती करणी र अत्यधिक रक्तस्रावसँग सम्बन्धित पक्षसमेत अनुसन्धानमा जोडिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ। अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनीहरूमाथिका आरोपको अन्तिम न्यायिक निरूपण हुन बाँकी छ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily