Aadarsh-Daily

आफ्नै युट्युब च्यानलमा सलमान खान, सिकाउँदै आफ्नो चर्चित अभिनय

ad-4p

बलिउड अभिनेता सलमान खानले डिजिटल दुनियाँमा आफ्नो उपस्थिति विस्तार गर्दै आधिकारिक युट्युब च्यानल ‘बिइङ सलमान खान’ सञ्चालनमा ल्याएका छन्। अक्टोबर ९ मा इन्स्टाग्राममार्फत च्यानलको जानकारी दिएका उनले भिडियो सामग्री पनि सार्वजनिक गर्न थालेका छन्।

content ad p2

च्यानलको पहिलो भिडियोमा सलमान आफैँ प्रशिक्षक र विद्यार्थीको दोहोरो भूमिकामा देखिएका छन्। भिडियोमा उनले आफ्नो चर्चित हाउभाउ, टाउको ढल्काउने शैली, आँखाको अभिव्यक्ति र संवाद बोल्ने तरिकाबारे प्रस्तुत गरेका छन्।

सलमानको अभिनय शैली लामो समयदेखि उनका प्रशंसकबीच लोकप्रिय छ। अब उनले त्यही शैलीलाई युट्युबमार्फत दर्शकसँग साझा गर्न थालेका छन्। यसबाट फ्यानले उनको व्यक्तित्व र अभिनय प्रस्तुतिलाई नजिकबाट बुझ्ने अवसर पाउनेछन्।

डिजिटल माध्यममा बलिउडको बढ्दो उपस्थिति

content left

सलमानसँगै बलिउडका अन्य कलाकार पनि युट्युब र सामाजिक सञ्जालमार्फत दर्शकसँग जोडिँदै आएका छन्। वरुण धवन, कृति सेनन, आलिया भट्ट, प्रियंका चोपडा र कार्तिक आर्यनलगायत कलाकार डिजिटल माध्यममा सक्रिय छन्।

फराह खानले कुक दिलीपसँगका रमाइला संवाद, सेलिब्रिटीका घरमा हुने भेटघाट र खानपानका सामग्रीमार्फत आफ्नो युट्युब च्यानललाई लोकप्रिय बनाएकी छन्। अर्चना पूरन सिंह र उनको परिवार पनि पारिवारिक भ्लगमार्फत दर्शकमाझ पुगिरहेका छन्।

फिल्म र टेलिभिजनमा पनि व्यस्त

युट्युब च्यानल सुरु गरेका सलमान टेलिभिजनमा ‘बिग बोस’ को २०औँ सिजन सञ्चालन गरिरहेका छन्। त्यसैगरी, अपूर्व लाखियाको निर्देशनमा बनेको उनको फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ प्रदर्शनको प्रतीक्षामा छ।

मार्चमा रिलिज हुने भनिएको उक्त फिल्म दुई पटक स्थगित भइसकेको छ। यसको नयाँ प्रदर्शन मिति भने सार्वजनिक भएको छैन।

युट्युब च्यानलको सुरुवातसँगै सलमानले फिल्म र टेलिभिजनबाहेक डिजिटल माध्यमबाट पनि आफ्ना प्रशंसकसँग सम्बन्ध विस्तार गर्ने प्रयास गरेका छन्।

सम्बन्धित खबर

दिल्लीमा जेनजी प्रदर्शनको तयारी, सुरक्षा कडा; २५० रेल र ४५ मेट्रो स्टेसन बन्द

Aadarsh Daily

निर्वाचन आयोगविरुद्ध प्रदर्शनको तयारी, ध्रुव राठीसहितका व्यक्ति हिरासतमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily