Aadarsh-Daily

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

ad-4p

बडादसैँको नवरात्रअन्तर्गत आज तेस्रो दिन नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै छ। दसैँघर, घरका पूजा कोठा तथा देशभरका देवी मन्दिरमा धार्मिक विधिअनुसार देवीको पूजा र ध्यान गर्ने परम्परा छ।

content ad p2

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो। मार्कण्डेय पुराणमा पनि देवीको यही स्वरूपको वर्णन गरिएको छ। चन्द्रघण्टालाई शक्ति, साहस र दुष्ट शक्तिको विनाशसँग जोडेर व्याख्या गरिन्छ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा चन्द्रघण्टा देवीको पूजा गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। त्यस्तै, वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको आराधनाले पाप नाश हुने र आध्यात्मिक लाभ प्राप्त हुने धार्मिक मान्यता रहेको बताउनुभएको छ।

content left

चन्द्रघण्टा देवीको स्वरूप शान्त, करुणामयी र तेजस्वी मानिन्छ। धार्मिक परम्परामा आजको दिन देवीको ध्यान तथा विशेष पूजा गर्नाले मनमा शान्ति, शक्ति र ज्ञान प्राप्त हुने विश्वास गरिन्छ। गीत–सङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिले पनि देवीको आराधना गर्ने चलन रहेको बताइन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखेर देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिएकोमा आज तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिँदै छ। नवरात्रका बाँकी दिनमा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक विधान छ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरी देवीको आराधना गर्ने चलन छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा गर्छन् भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाउँछन्।

यस अवधिमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधनाका लागि भक्तजन पुग्ने गरेका छन्। नवरात्रका नौ दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परासमेत प्रचलित छ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily