Aadarsh-Daily

वीरगञ्ज महानगरले राखेको मुर्ती भत्काउने ६ जना प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शहर सौन्दर्यकरणलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ । शहर सौन्दर्यकरणकै क्रममा महानगरले विभिन्न चौकहरुमा शालिक तथा मुर्ती निर्माण गर्ने कार्यलाई पनि तिव्रता दिएको छ । केही दिन अघि मात्रै महानगरपालिकाले वडा नम्बर २१ हनुमान चौकमा यमराजको सवारी राँगाको मुर्ती राखेको थियो । त्रिभुवन राजपथअन्र्तगत वीरगञ्ज प्रवेश गर्ने परवानीपुरको चेकप्वाइन्ट निर राखिएको उक्त मुर्ती शनिवार स्थानीयले भत्काइदिएका छन् । 

content ad p2

हनुमान मन्दिर चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले उक्त राँगाको मुर्ती हटाउन दबाब दिँदै आएका थिए । स्थानीयले यसअघि वीरगञ्ज महानरपालिकाका प्रमुख राजेशमान सिंहको ध्यानाकर्षण गराउँदै मुर्ती हटाउन माग गरेका थिए । ध्यानाकर्षण गराउँदा पनि मुर्ती नहटाएपछि स्थानीयले आफै भत्काएका हुन् । 

content left

मूर्ति भत्काएको आरोपमा ६ जना स्थानीय युवालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छ । स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यसमा संलग्न अन्यको खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनकाअनुसार उनीहरुविरुद्ध सार्वजनिक सम्पतीको कसुरमा मुद्दा लगाउने तयारी छ । 

बनीसकेको सार्बजनिक सम्पतीमा तोडफोड गर्न नहुने बाराका पत्रकार साजिर मन्सुरी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । उनले लेखेका छन्, ‘राज्यको स्रोत साधन लागेर बनेको संरचना आफुलाई मन परेन भनेर भत्काउनु गलत हो । यसरी आफू खुशी गर्न खोज्ने हो भने धेरैलाई धेरै कुरामा चित बुझ्दैन ।’ मन नपर्दैमा कानुन लाई मिचेर सबै कुरा हटाउनु गलत भएको उनको ठम्याई छ । 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily