Aadarsh-Daily

गाजाको शिविरमा इजरायली हमलाबाट ९० जनाको मृत्यु

ad-4p

इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् । जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

content ad p2
content left

घटनामा दर्जनौ बेपत्ता भएको प्यालेष्टेनी समाचार एजेन्सी वाफाले जनाएको छ । हमलापछि भग्नावशेषमा परिणत भएको उक्त शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको वाफाले जनाएको छ ।

यता इजरायली सेनाले गाजाको चर्चभित्र रहेका दुई क्रिस्चियन महिलाहरुको पनि हत्या गरेका छन्् । यसैगरी मध्य गाजाको दक्षिण क्षेत्रको रफाहमा गरेको हवाइ आक्रमणमा चार जनाको मृत्यु भएको छ । गत अक्टोबर ७ देखि इजरायलले गाजापट्टीमा आक्रमण जारी राख्दा हालसम्म १९ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily