Aadarsh-Daily

भन्सारका कर्मचारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा वीरगन्ज नाकामा तस्करी

ad-4p

वीरगन्ज । नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्ज भन्सारको नाम यता आएर फेरिएको छ । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले तस्करदेखि सर्वसाधारण संग रकम असुल्ने कला देखेर स्थानियहरु नाम फेर्न बाध्य भएका हुन । भन्सार आसपास सरुवा भएर आउने जो कोही प्रहरीको मुख्य उदेश्य पैसा कमाउने हुन्छ । भन्सार एरियामै सरुवा मिलाइ दिनका लागि कतिले त मोटो नजराना तिरेर आएका हुन्छ । आउनुको मुख्य कारण नै अबैध असुली हुन्छ ।

content ad p2

पछिल्लो समय पर्सामा सेटिङमा तस्करी गराउनुका साथै लाइन दिने कामका कारण बदनाम रहेको नेपाल प्रहरी अहिले पैसा उठाउन नयाँ हतकण्डा अपनाएको छ ।भारतीय शहर रक्सौलबाट तस्करी गर्ने तस्करदेखि लिएर घरायसी प्रयोजनका लागि किनमेल गरेर आउने सर्वसाधारणसंग बार्गेनिङ गरि कुरा मिलेपछि पैसा आफैं नथामी त्यहीँ छेउमा रहेकाे प्रसिद्ध गुम्टीमा पैसा जम्मा गर्न लगाइएपछि मात्र माल छोड्ने भेटिएको छ ।

content left

भन्सार कटेसी रजतजयन्ती चोक अगाडि सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीले अबैध असुली गर्न बेलाबखत नयाँ नयाँ उपायहरूको प्रयोग गरि रहने नाम नबताउने सर्तमा एक जनाले बताए ।उनका अनुसार कहिले आफैं पैसा थाम्ने त कहिले सिबिलमा रहेको व्यक्तिलाई पैसा दिन लगाउने अहिले प्रहरीकाे गुम्टी संगै छेउमा रहेकाे (पान पसल ) यो गुम्टी नेपाल प्रहरीहरुका लागि ढाल बनेको छ ।

रजतजयन्ती चाेकमा प्रहरीले चेक जाँचकाे नाममा साईकल, ई-रिक्सा, तीन पांग्रे रिक्सा माेटरसाईकल लगायत संग पैसा असुल्नका लागि प्रहरी गुम्टी संगै छेउमा पान पसल राखेकाे समेत स्थानियले बताएका छन् ।पछिल्लो दिन भन्सारले नँया नियम लागू गरेकाे छ भारतकाे रक्सौलबाट सामान खरिद गरेर नेपाल भित्रिनका लागि भन्सार कार्यालयकाे परिसर भित्रबाट खरिद गरेकाे सामान भन्सार गराएर मात्र नेपाल आउने नियम लगाएकाे छ । भन्सार कार्यालय परिसर बाहिर सशस्त्र प्रहरीकाे समेत बाक्लो उपस्थितिमा चेकजाँच हुने गरेकाे छ ।

यता भन्सारका केही कर्मचारी र सशस्त्र प्रहरीले समेत तस्करहरू संग पैसा असुलेर तस्करी गराउने गरेका छन् । भन्सारका कर्मचारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा तस्करहरू धमाधम तस्करी गरिरहेका छन् । अबैध असुली भइरहदा प्रहरी प्रमुखको मौनताले मिलोमतोमै यस्ता गतिविधि भइरहेको स्थानियहरूले आशंका व्यक्त गरिरहेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily