Aadarsh-Daily

मकवानपुरमा मध्यराति हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

ad-4p

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्। गएराति पौने १२ बजेतिर घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गरको हो।

content ad p2
content left

हात्तीको आक्रमणबाट ढाडमा चोट लागी बेहोस भएकी कान्छीमायालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।हात्तीलाई घटनास्थलबाट स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोस्ट, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जंगलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने एकिन नभएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily