Aadarsh-Daily

वीरगञ्जमा ६० जना शिक्षिकाहरुलाई स्तन क्यान्सर सम्बन्धि सचेतना

ad-4p

वीरगञ्ज । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगञ्जकाे आयाेजनामा वीरगञ्जमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मावि वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

content ad p2
content left

फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विद्यालय शिक्षिकाहरुकाे लागि आयाेजित कार्यक्रममा स्तन क्यान्सर राेग विशेषज्ञ डा. विकाश साह र प्रसुती राेग तथा स्त्री राेग विशेषज्ञ सम्मी कर्णले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका ६० जना शिक्षिकाहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी शनिबार नै सखुवा प्रसाैनी गाउँपालिकाकाे औराहा पांचगावामा पनि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगंजकाे आयाेजनामा श्री दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily