Aadarsh-Daily

भारतबाट उद्धार गरिएका ८ बालक परिवारको जिम्मा लगाइयो

ad-4p

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । विगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो ।

content ad p2
content left

उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका थिए । विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो । उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो । १८ वर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको छ । नेपालका बालकहरू बाल गृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, र जिल्ला स्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकहरूको उद्धार गरिएको थियो । उद्धारको क्रममा मुम्बई पुगेकी ग्रामीण विकास केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरूलाई परिवारको जीमा लगाउन पाउँदा निकै खुसी लागेको बताइन् । आफ्नो छोरा पाएपछि स्थानीय दुर्गाभगवती गाउँपालिका वार्ड ३ मत्सरीका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily