Aadarsh-Daily

वीरगन्जको ठाकुरराम क्याम्पसमा तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले गरे तालाबन्दी

ad-4p

वीरगन्ज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । विगत १५ वर्षदेखि न्युनतम तलबमा काम गर्दै आएका १० जना कर्मचारीहरुको तलबभत्ता बृद्धिको माग गर्दै त्रिवि कर्मचारी संघले आइतबार क्याम्पसमा तालाबन्दी गरेको हो । संघका अध्यक्ष किशोरी चौधरीको नेतृत्वमा कर्मचारीहरुले क्याम्पसको कर्मचारी प्रशासन शाखा, आइटी शाखा, सामान्य प्रशासन तथा स्टोर शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा ताल्चा मारेको आन्दोलनरत कर्मचारी मध्येका मनोहर साहले जानकारी दिए ।

content ad p2
content left

क्याम्पसले २०६६ सालदेखि आन्तरिक करारामा नियुक्त गरेका १० जना कर्मचारीहरु विगत १५ वर्षदेखि मासिक १५ हजार रुपेयाँको तलबमा काम गर्दै आइरहेका छन् ।श्रम ऐन अनु्सार तलबबृद्धिको माग गर्दै कर्मचारीहरुले गत बुधबार एक घण्टा, गत बिहीबार दुई घण्टा र गत शुक्रबार तीन घण्टा काम ठप्प पारेका थिए । त्यति गर्दासमेत माग सम्बोधनका लागि क्याम्पस प्र्रशासनले चासो नलिएपछि आइतबार क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरिएको त्रिवि कर्मचारी संघका अध्यक्ष चौधरीले बताए । यसअघि कर्मचारीको तलब बृद्धिको माग गर्दै त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले ९ महिनापहिले क्याम्पसमा धर्नासहितको चरणबद्ध आन्दोलन गरेको थियो ।

उक्त आन्दोलनपछि तत्कालीन क्याम्पस प्रमुख उमेश चौरसिया र संघबिच श्राम ऐन अनुसार तलब बृद्धि गर्ने लिखित सहमति भएको भएको थियो ।त्यसपछि गत मंसिर १८ गते संघले ९ महिना पहिले पहिलेको सहमति लागु गर्न माग गर्दै वर्तमान क्याम्पस प्रमुख रन्जित यादवलाई ज्ञापनपत्र बुझाएको थियो । तर क्याम्पस प्रशासन आफैंले सहमति गरेको ९ महिना बितिसक्दासमेत तलब बृद्धि नगरिएपछि बाध्य भएर आइतबार तालाबन्दी गर्नु परेको संघका अध्यक्ष चौधरीले बताए । न्युनतम तलबमा काम गरिरहेका कर्मचारीहरुको श्रम ऐन अनुसार तलब बृद्धि नगरिए तालाबन्दी जारी नै रहने र आन्दोलनका अझ सशक्त कार्यक्रम गरिने चेतावनी अध्यक्ष चौधरीले दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily