Aadarsh-Daily

पर्साको पर्सागढीमा निशुल्क आँखा शिबिर सम्पन्न, ९५ जनामा मोतियाबिन्दु

ad-4p

पर्सा । पर्साको पर्सागढि नगरपालिकामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पताल र वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सयुंक्त आयोजना र पर्सागढि नगरपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो ।

content ad p2
content left

शिविरमा २ सय २५ जनाको आँखा चेकजाँच गरेकोमा ९५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ । मोतियाबिन्दु देखिएकाहरुको पुस १० र ११ गते वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेसन गरिने पर्सागढिका नगरप्रमुख गोकर्ण पाठकले बताए ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. नैना यादव, डा. गौरीशंकर गुप्ताले चेकजाँच गरेका थिए । शिविरमा प्राविधिक जितेन्द्र यादव, पर्सागढि नगरपालिका स्वास्थ्य प्रमुख नारायणप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily