Aadarsh-Daily

बिदाको दिनमा पनि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जनताको सेवामा

ad-4p

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव बिदाको दिनमा पनि जनताको सेवामा लागेर घरदैलो गर्दै हिँडेका छन् । उनले आफू जनता, सुशासन र विकासको पक्षमा काम गर्दै आएको बताए । यस गाउँपालिकाका जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले यस गाउँपालिकाका जनताले आफू लाई पाँच वर्ष सेवा गर्नका लागि मौका दिएकाले यसलाई आफू आत्मसात् गर्दै दिनरात काम गरिरहेको बताए ।

content ad p2
content left

अहिले आफू जगरनाथपुर गाउँपालिकाको सडक, शिक्षा र स्वास्थ्यप्रति बढी ध्यान दिएको र यसलाइ सुधार गर्न हरसम्भव कामहरु गरिरहेको उनले बताए । त्यस्तै उनले जगरनाथपुर गाउँपालिका– ५ को टोल मसिहानीमा यही बैशाख ६ गतेदेखि हुन गइरहेको श्री विष्णु महायज्ञमा रु १५ लाख नगद सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

थप सहयोगका लागि आफू जहिले पनि तयार रहने उनले बताए । अहिले वृद्धवृद्धालाई संरक्षण गर्न र हरेक सुविधा जस्तै वृद्ध भत्तालगायत अन्य सेवा सुविधा घरसम्म नै पुर्याउनका लागि काम गरिरहेको उनले जानकारी दिए । त्यस्तै उनले बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत आफूहरुले योजना बनाइरहेको बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily