Aadarsh-Daily

रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य आरोपी सिंह पक्राउ

ad-4p

बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो ।

content ad p2
content left

बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले सिंहलाई नियन्त्रणमा लिने क्रममा घुँडाभन्दा मुनि गोली हान्नुपरेको र यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । त्यसयता नै प्रहरीले सिंहलाई खोज्दै आएको थियो ।


सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily