Aadarsh-Daily

वीरगञ्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८ सय बालबालिका लाभान्वित

ad-4p

वीरगञ्ज । गुरु नानक सेवा प्रतिष्ठान साेध केन्द्रले वीरगञ्जमा सञ्चालन गरेकाे नि:शुल्क दन्त शिविरबाट आठ सय भन्दा बढी बालबालिका लाभान्वित भएका छन्।

content ad p2
content left

वीरगञ्जको श्रीपुरस्थित ओम नेशनल एकेडेमीमा सञ्चालित दन्त शिविरमा उक्त विद्यालयमा अध्ययनरत ८ सय बढी बालबालिकाकाे दन्त परिक्षण गरी आवश्यक ओैषधिसमेत वितरण गरिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए।

शिविरमा डाक्टर विकास पटेल,डाक्टर प्रिती चाैरसिया,डाक्टर सम्झना यादव र डाक्टर राजा जयसवालले बालबालिकाहरुकाे दन्त परिक्षण गरेका थिए। शिविरमा ओम नेशनल एकेडेमीका निर्देशक हरिश्याम ठाकुर,

गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रका हरविंदर सिंह, जतिन्दर सिंह, अभिनाष झा, रुप नारायण सिंह, लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटीका श्रवण बहादुर रायमाझी लगायतकोपनि उपस्थिति थियाे।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily