Aadarsh-Daily

थुनामा नबसी मुद्दा लड्न पाउने सन्दीप लामिछाने

ad-4p

वीरगञ्ज । जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।

content ad p2

जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भए पनि जाहेर वाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने भएकाले थुनामा बस्नु नपर्ने भएको हो ।

उनले सोबापत हुनसक्ने अधिकतम जरिवाना र कैदबापतको रकम पनि धरौटीमा रहेका कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउनेछन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधाअन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पनि पाउनेछन् ।

यद्यपि, सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भए पनि कैदबापतको रकम भुक्तानीको गणना गर्दा सोहीबमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।

content left

जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा दोषी ठहर गरेपछि क्रिकेटर सन्दीप लामिछानेमाथि कस्तो सजाय होला भन्ने धेरैको चासो बढेको छ । जिल्ला अदालतले सन्दीपलाई जबरजस्ती करणीमा दोषी ठहर गरे पनि कति वर्ष जेल सजाय गर्ने भन्नेबारे चाहिँ पुस २५ गते मात्रै निर्णय हुने भएकाले कति वर्षको सजाय तोक्छ भन्ने चासो बढेको हो ।

सजाय नतोकेसम्म लामिछाने भने पक्राउ परेका छैनन् । उनी अहिले वीरगञ्जमै छन् । काठमाडौँ जिल्ला अदालतले मुलुकी अपराध संहिताको दफा, उपदफा नै उल्लेख गरेर अपराध किटान गरेको छ । कानुनका ती दफामा तोकिएको व्यवस्थाअनुसार नै अब लामिछानेमाथि सजाय हुनेछ ।

फैसलामा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर्छ भनिएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ बमोजिम सजाय निर्धारण सुनुवाइका लागि मिति २०८० पुस २५ गते तोकिएको छ ।

सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर्छ । दफा २१९ को उपदफा (१) ले भनेको छ, ‘कसैले जबरजस्ती करणी गर्न हुँदैन ।

त्यस्तै, उपदफा (२) ले भनेको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’

संहितको दफा २१९ को उपदफा (३) को ‘ङ’ मा १८ वर्षभन्दा माथिको महिलालाई गरिएको करणीमा हुने सजायबारे उल्लेख गर्दै भनिएको छ, ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म (जेल सजाय) ।’ मुलुकी संहिताको यो व्यवस्था र जिल्ला अदालतले तय गरेको कसुरको प्रकृति हेर्दा अब सन्दीप लामिछानेले घटीमा ७ वर्ष र बढीमा १० वर्ष जेल बस्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily