Aadarsh-Daily

हिमाल आइरनले पहिलो किस्ता तिरेपछि लाइन जोडियो

ad-4p

वीरगञ्ज ।  बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । बिल तिरेपछि उक्त उद्योगको लाइन समेत जोडिएको छ।

content ad p2

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन्। बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुन: जोडिन थालिएको छ।

content left

हिमालले स्टिलले बक्यौता रकमको पहिलो किस्ताबापत सोमबार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ। हिमाल स्टिलको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ।

उद्योगले पहिलो किस्ता बापतको रकम सोमबार बुझाएको हो। बक्यौता बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ। हिमाल स्टिलले २६ किस्तामा रकम तिर्न सकिने जानकारी प्राधिकरणलाई दिएको छ।

शुक्रबार नै विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाउने निर्णय गरेको थियो। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily