Aadarsh-Daily

सर्लाहीमा अस्पतालको विषयमा विवाद हुँदा एक जनाको मृत्यू

ad-4p

वीरगञ्ज । सर्लाही तनावग्रस्त भएको छ ।

content ad p2
content left

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली नै चलाएको थियो ।

सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका थिए । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गोली लागेको थियो । झडपमा परेर अन्य सात जना घाइते समेत भएको बुझिएको छ ।
अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आगजनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।

मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त छ । प्रहरीले दर्जनौँ राउन्ड गोली र अश्रुग्याँस पनि प्रहार गरेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily