Aadarsh-Daily

डिएसपी खनाल सक्रिय , १ क्विन्टल ६८ किलो गाँजा बरामद

ad-4p

वीरगंज । पर्साको प्िश्चमी ग्रामिणबाट सशस्त्र प्रहरीले १ सय ६८ ्िकलो लागु औषध गाँजा बरामद गरेको छ । सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ई्श्वरी प्रसाद खनालको सकृयतामा पिक्अपसहित १ क्विन्टल ६८ किलो गाँजा बरामद भएको छ ।

content ad p2

सीमानाट हुने तस्करी अवैध कारोबार कुनै नौलो विषय होईन् । यही तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सीमानाका लगायत ठाउँ ठाउँमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरेको छ । त्यसमा पनि बालुवादेखी पोके समेतको तस्करी हुने पर्सा जिल्ला भने सशस्त्रबा डिएसपी खनालले सीमानाकामा निगरानी गर्दै कडाईका सथा चेकजाँच गरिरहेको बेला सो गाँजा बरामद भएको छ । वीरगंजबाट ठोरी तर्फ जाँदै गरेको बा.११ च ९६८६ नम्बरको पिकअप गाडीलाई चेक गर्दा १ क्विन्टल ६८ किलो गाँजा बरामद भएको छ ।

content left

पिकअपमा फल्स बटम बनाई गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको थियो । १६ वटा पोकाभित्र १ क्विन्टल ६८ किलो गाँजा रहेको डिएसपी खनालले बताए । चेकजाँचकै क्रममा गाडीबाट ७८ हजार ५ सय रुपैयाँ नगद समेत बरामद भएको थियो । चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको डिएसपी खनालले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद खनाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपतिको रूपमा आए देखि आफ्नो मातहतका युनिट तथा सिमाना रहेको स्थानीय सग आवश्यक सहकार्य गरि विभिन्न मिति र समयमा तदारुकताका साथ तस्करीको समान बरामद गरि स्म्बन्धीत कार्यालयमा बुझाउने गरेको देखिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सशस्त्र प्रहरी भित्र एक निडर, कमान्ड कन्ट्रोलमा अब्बल अधिकृतको रूपमा परिचीत डिएसपी हुन । प्रायः कम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने तथा काम बढी गर्ने अफिसर हुन ।

फौजमा एउटा भनाइ छ सहि मान्छे सही ठाउँमा भयो भने परिणाम भने नआउने पक्कै पनि होईन । त्यस्को एउटा उदाहरण हुन डिएसपी इश्वरी प्रसाद खनाल । उनी यस अघि पनि १० किलो गाँजा समातेका थिए । त्यस बाहेक पनि उनले तस्करीका २० वटा पशु चौपाया भैसी सहित विभिन्न सामानहरु बरामद गरि भन्सार दाखिला गराई राज्यको राज्य संकलग्नमा योग्दान दिएको देखिन्छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily