Aadarsh-Daily

१२ वर्षीय बालक प्रीतम साहलाई प्रअ सशी यादवले कुटपिट गरेको कसूरमा जाहेरी

ad-4p
content left

वीरगंज, २८ पुस/ वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनीस्थित गोल्डेन ग्लोबल इङ्गलिस बोर्डिङ स्कूलका १२ वर्षीय बालक प्रीतम साहलाई प्रअ  सशी यादवले कुटपिट गरेको घटना मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।
पुस २४ गते दिउँसो प्रअ यादवले शुल्क नतिरेको कसूरमा बालक साहलाई प्लास्टिकको छडीले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक साहको बायाँ आँखामा गम्भीर चोट लागेको र शरीरमा नीलडाम छ । उनी अहिले नारायणी अस्पतालमा उपचारपछि घरमा छन् । बालकका अभिभावक बहुदरमाई गाउँपालिका–६ गम्हरिया निवासी मुकेश साहले जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रअविरुद्ध उजूरी दिएको र सो उजूरीलाई इलाका प्रहरी कार्यालय, पोखरियामा पठाइएको बताए ।
इप्रका, पोखरियाले पुस २९ गते आइतवार छलफलको लागि बोलाएको छ । अभिभावक साहले घटनामा मिलापत्र गर्न राजनीतिक दबाव परेको बताएका छन् । उनले प्रहरीले उजूरी दर्ता नगरे कानूनी प्रक्रियामा जाने बताए । प्रअ यादव बिन्दवासनी माई गा.पामा रहेको राधाकृष्ण चौरसिया माविको स्थायी शिक्षक पनि हुन्

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily