Aadarsh-Daily

बारा प्रहरीद्वारा १२ वटा ट्रक नियन्त्रण

ad-4p

वीरगञ्ज । भारतबाट ल्याइएको मल खाद राजश्व छली गरेर नेपालको विभिन्न स्थानमा ढुवानी गरिरहेको आशङ्कामा बारा प्रहरीले १२ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

बारा जिल्लाको विभिन्न स्थानबाट बारा प्रहरीले बुधवार राती १२ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

‘राजश्व छली गरेर २० वटा ट्रक देशको विभिन्न ठाउँका लागि हिँडेको विशेष सूचनाको आधारमा हामीले हालसम्म १२ वटा ट्रक नियन्त्रणमा लिएका छौँ,’ बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले भने, ‘थप ट्रकहरूको खोजी कार्य भइरहेको छ ।’
एसपी काफ्लेका अनुसार साल्ट ट्रेडीङको मल खाद बोकेको ट्रकले राजश्व छली गरेको भन्ने सूचनाको आधारमा ट्रकहरूलाई नियन्त्रणमा लिइएको छ । ‘अहिले अनुसन्धान जारी नै रहेको छ, त्यो सकेपछि मात्र थप जानकारी दिन सक्छौँ,’ उनले भने ।

एसपी काफ्लेले ट्रकहरूको नम्बर समेत खुलाउन मानेनन् । प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरू नेपालमा अवैध तरिकाले काम गरिरहेको भारतीय कम्पनीको भएको स्रोतको दाबी छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily