Aadarsh-Daily

बस दुर्घटना हुँदा दार्चुलामा १६ जना घाइते

ad-4p
content left

वीरगन्ज । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

content ad p2

शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily