Aadarsh-Daily

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता ।

ad-4p

वीरगन्ज । बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता भएको छ । बिन्दबासिनी गाउँपालिकाकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । रगत आवश्यक पर्ने गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

content ad p2

बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभ राज पाण्डे बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने छ । यो सम्झौता लागू भइसकेको जनाइएको छ ।

content left

बिन्दबासिनी गाउँपालिका प्रमुख तिवारीले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र गाउँ पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘ अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम’ अन्तरगत गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए ।

निःशुल्क रगत पाउनका लागि आफू गाउँवासी भएको प्रमाण स्वरूप यसै गाउँपालिकाको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गाउँपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily