Aadarsh-Daily

बाहिरियो जनमत पार्टी मधेस प्रदेश सरकारबाट

ad-4p

वीरगञ्ज । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

content ad p2

जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि दमन, अत्याचार र विभेद गरेकाले सरकारलाई दिएको जनमत पार्टीका सचिव बिपी साहले जनकारी दिए । मधेस प्रदेश सरकारको दमन र भ्रष्टाचारविरुद्ध जनमत पार्टीले आन्दोलन सुरु गर्ने उनको भनाइ छ ।

content left

मधेस प्रदेशमा जनमतले शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई मन्त्रालय लिएको थियो । पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको भन्दै प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पेस गरेका छन् ।

यादवले भने,‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ ।’

राष्ट्रियसभा चुनावको सिट बाँडफाँटमा भाग नपाएको जनमत पार्टी सत्ता गठबन्धनसँग असन्तुष्ट छ । सोमबार मात्रै सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रमका क्रममा जनमतले विरोध जनाउने क्रममा मन्त्रीसहित तीन जना सांसद घाइते भएका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily