Aadarsh-Daily

२३ वर्षीय युवक ५५ वर्षीय महिलाको बलात्कार गर्न खोज्दा पक्राउ

ad-4p

वीरगञ्ज । बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

content ad p2

बाराको जीतपुरसिमरा उपमहानगरपालिका – १८ कुस्माडीका प्रताप भनिने २३ वर्षीय नरेश चौधरीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

content left

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले ५५ वर्षीय महिलालाई बाटो ढुकी जबरजस्ती मकैवारिमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरी जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घर जाँदै गरेका पीडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैवारिमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछि पिडक चौधरी भागेका थिए ।

कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily