Aadarsh-Daily

मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई

ad-4p

धनुषा । सरस्वती पूजा नजिकिंदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई छ । अरु बेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिंदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २ गते सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउँछन् । धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् ।

content ad p2
content left

धनुषाको तिनकौरिया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवा लगायतका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छान् ।मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसक्नुभएको छ । उहाँसँग प्रतिगोटा रु३ हजारदेखि १५ हजारसम्मका मूर्ति छन् । अर्का मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउँदै आएको बताए । ‘आवश्यकता अनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु’, उनले भने ।

पण्डितको मुख्य पेशा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि रु५ हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गरिरहेको उनले बताए । सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरुको भनाइ छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् । माटो, काठ, रङ, कपडा तथा परालबाट मूर्ति बनाइन्छ । विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरुले पूजा गर्ने गर्दछन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily