Aadarsh-Daily

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

ad-4p

वीरगन्ज । मधेस र काेशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यी दुवै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

content ad p2
content left

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेस प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो । सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ । नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेस प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily