Aadarsh-Daily

जसपाकाे मधेस प्रदेश अध्यक्षमा बालकिशाेर यादव

ad-4p

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) काे मधेस प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् । यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पाएका थिए । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।

content ad p2
content left

पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरिएको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।

अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् ।उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily