Aadarsh-Daily

छिपहरमाई गा.पा अध्यक्ष मनोज गुप्ता द्धारा भ्रष्टचार भएको प्रमाण देखाउन चुनौती

ad-4p

वीरगन्ज । केही दिन पहिला केही अनलाइन मिडियामा आफ्नो चरित्र हत्या गर्ने गरि समाचार लेखेको प्रती आपती जनाउदै अनियमितता गरेको प्रती प्रमाण देखाउन चुनौती समेत दिएका छन। मैले अनियमितता गरेको भनेर प्रकाशित समाचारले आफूलाई दु:खी वनाएको बताए । उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिँदै सत्यतथ्य समाचार सम्प्रेषणगर्न संचारकर्मीहरुलाई आग्रह गरे ।

content ad p2

प्रहार डेलिका संचालक राहुल गुप्ता संग कुरा गर्दै एमाले पर्साका जिल्ला सचिव समेत रहेका मनोज गुप्ताले सबभन्दा पहिला अडिट रुपोर्ट ले आउने बेरुजुहरु जुन छ त्यसलाई भ्रष्टाचार भन्न नमिल्ने बताए। नेपालको हरेक निकाए चाहे स्थानिय तह होस,प्रदेश सरकार मातहतको कार्यालय या केन्द्रिय सरकारको कार्यलय होस सबैमा बेरुजु आउने गरेको बताए।बेरुजु भनेको कुनै कागज नपुगेर वा नियम नपुगेर भएको कार्यलाइ अडिट रिपोर्टले सच्चाउने मोका दिएको हुन्छ र फर्छौट गराउनका लागि यसलाइ भ्रस्टाचार भनेर भन्नू गलत हो उनले बताए ।

content left

त्यस्तै उनले स्थानिय तहको पहिलो कार्यकाल हामीलाई तालिम दिने बेला समाजिक कार्यमा १० प्रतिशत बजेट अनिवार्य रुपले छुट्याउनु पर्ने भनिएको थियो । त्यस्तै प्रशासकीय अधिकृतहरुले समेत समाजिक कार्य लागि सामाजिक कार्यका लागि बजेट छुट्याउन जोड दिएका थिए। तर उनले मेरो दोस्रो कार्यकालमा अहिले सम्म कुनै समाजिक कार्यमा बजेट नहालेको बताए। अरु पालिकाहरु ले अहिले सम्म पनि हरेक वर्ष समाजिक कार्यका लागि तीन तीन करोड रुपैया तालिम खर्च गरिरहेका छन र त्यो अहिले पनि जारी रहेको बताए । त्यस्तै तालिम नामको मात्र रहेको र कुनै नागरिकले त्यसलाइ आत्मसात नगरेको र त्यस्तै कारण आफुले समाजिक कार्यको बजेट अर्को वर्ष देखि गाउँपालिकाको भौतिक विकासमा लगाएको बताए ।

अहिले विभिन्न मिडियाहरुले कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको बेरुजु फर्छौटलाई लिएर भ्रष्टाचार गरेको समाचार गरेको प्रती कुरा गर्दै भने त्यस्तो बेरुजु लाई भ्रष्टाचार भन्नू भनेको एउटा सानो पालिकाको जनप्रतिनिधि लिएर नेपाल सरकारको ठूलो निकाय जनप्रतिनिधि पनि भ्रष्टाचार ठहरिन्छ उनले भने ।

त्यस्तै पर्सा जिल्लाको स्थानीय चुनावमा दोस्रो कार्याकाल का लागि कोइपनि उमेदवार नदोहोरिएको तर मैले आफ्नो गाउँपालिकामा विकास गरेको कारण आफुलाइ छिपरमाई गाउँपालिकाका जनताले विश्वास गरेर दोस्रो पटक जिताएकाले गाउपालिकाको विकासको लागि आफुले दिनरात काम गरिरहेको बताए ।अहिले विकास निमार्णको कार्यहरुले गति लिइरहेका छन ।

शिक्षा ,स्वास्थ भौतिक पुर्वधारमा बढी बजेट बिनियोजन गरेको र त्यसलाई कार्यनयन गराउन लागि परेको बताए । अहिले हरेक बस्ती टोलमा सडक पुगेको र नागरिकले विकास भएको अनुभवन गरि रहेका छन । सडकको विकास भएपछि मात्रै गाउपालिकाको विकास हुने उनले बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily