Aadarsh-Daily

सन् २०४५ सम्ममा नेपालले शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

ad-4p

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

content ad p2
content left

जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताए ।

प्रधानमन्त्री दाहालले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप खडेरी लगायतका जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताए । नेपाल लगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको उनको भनाई छ ।
एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा उनले जोड दिए ।

प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताए । जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौति भएको बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily