Aadarsh-Daily

वीरगन्ज आजपनि तनावग्रस्त, चार प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

ad-4p

वीरगन्ज । कर्फ्यु लगाउँदाका बाबजुदपनि वीरगन्जमा मंगलबारपनि अवस्था तनावग्रस्त रहेकाे छ। साेमबार दुई फरक धर्म समुदायकाबिच झडप भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे।मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ।

content ad p2
content left

कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेकाे हाे।घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेकाे छ। त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएकाे छ।त्यहाँबाट प्रहरीले चार जना युवालाई नियन्त्रणमापनि लिएको छ। मंगलबारपनि बिहानैदेखि वीरगन्जका चाेक चाेकमा ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

राैतहटकाे ईशनाथ नगरपालिकाकाे माेतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच भएको विवादलाई लिएर वीरगन्जमापनि साेमबारदेखि दुई फरक धर्म समुदाय बिच तानाव सृजना भएको हाे।साेमबार वीरगन्जको इदगाह चाेकमा भएकाे झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily