Aadarsh-Daily

वीरगन्ज कपडा बैंक द्वारा आगलागी पिडितलाई सहयोग प्रदान

ad-4p
content left

१५ फाल्गुन वीरगन्ज । वीरगन्ज कपडा बैंकले आज जिराभवानी गाउँपालिका -१ चमरी टोलमा आगलागी पिडितलाई सहयोग गरेको छ । गत आइतबार दिनको १ बजे मुन्ना नेटुवाको घरमा लागेको आगोले घर एवं सम्पुर्ण अन्न लताकपडा भाडाकुडा नगद गरगहना लगायत जलेर खरानी भएको खबर वीरगन्ज कपडा बैंकका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारुबाट प्राप्त भएपछी थारु संगै वीरगन्ज कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी र अध्यक्ष लालबाबु सिंह मंगलबार घटनास्थलमै पुगि सहयोग हस्तान्तरण गरेको हो ।
सो सहयोगमा १५ थान कम्बल , डसना र सिरक १ एक थान , साडी , कुर्ता सुरुवाल,शाल स्वेटर, सर्ट पाइन्ट, चिटर,बच्चाहरुको कपडाहरु,म्याट लगायत केही नगद रहेको अध्यक्ष सिंहले बताए ।
सो अवसरमा संरक्षक अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामिसित निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन वीरगन्ज -८ मा अवस्थित कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा र आपत बिपतमा परेकाहरुको घर सम्म पुगेर निशुल्क कपडा वितरण गर्दै आइरहेको बताउदै आपत बिपतमा परेकाहरुको सेवा सहयोग हामी सबैले गर्नु पर्दछ यो नै हामी मानवको धर्म हो कर्म हो भन्दै सम्पुर्ण सहयोगी हातहरुलाइ धन्यवाद दिदै पीडितको सबैले सहयोग गर्न आग्रह गरेका थिए ।
सो सहयोगमा समन्वय गर्ने वीरगन्ज कपडा बैंकका उपाध्यक्ष एवं प्रकाश थारु फाउन्डेसनका संस्थापक चर्चित सामाजिक अभियन्ता थारुले आइतबार दुख्दायी घटना भएको केही समयमै यहाँ का वडाअध्यक्षले आफुलाइ जानकारी गराउदा आफू अबिलम्ब यहाँ आउदा त यहाको दृश्य देख्दा मनै थामन सकिन ,पुरै घरनै जलेको थियो केही पनि बचेको थिएन केवल रोदनयुक्त अनुहार बचेको थियो जसले आँसु झार्दै बिनाशब्दले मानवता बचाउन गुहार गर्दै थियो । मैले सर्वप्रथम त पिडित परिवारजनलाई सम्झाएर केही खाद्यान्न सामाग्रीहरुको ब्यवस्थापन गरे र आज फेरि परिवारलाइ पुग्ने न्यानो कम्बल कपडा भाडाहरु र केही नगदको ब्यवस्थापन गरेका छौ । घरमा छोराको बिवाह अर्को महिनामा हुने भएकोले सो को तैयारिको लागि ल्याएर राखिएको नगद लत्ताकपडा गरगहना पनि जलेकोले पिडितजनको स्थानिय गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष, जनप्रतिनिधिहरुको साथै अन्य सहयोगी हातहरु सबै मिलेर सहयोग गरेर मानवता बलियो बनाउनुस भनी आग्रह गरेका थिए ।
सो अवसरमा वडा १ का वडाअध्यक्ष रामशरण खवास र वडा २ का वडाअध्यक्ष महादेव चौधरिले पनि आफुहरुले हिजै देखि सक्दो सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily