Aadarsh-Daily

बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

ad-4p

बारा,२३ फाल्गुन:नयाँ सत्ता गठबन्धनको सरकारमा बारा क्षेत्र नम्बर ३ की प्रतिनिधी सभा सदस्य ज्वाला कुमारी साह मन्त्री बन्ने पक्का भएको छ । नेकपा एमालेले पार्टीकी पोलिट ब्यूरो सदस्य समेत रहेकी साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।

content ad p2
content left

नयाँ सरकारमा एमाले पार्टीका केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी हुने ९ मन्त्रीको नाम टुंगो लगाउँदा साहले पुनः मन्त्री बन्ने अवसर पाएकी हुन् ।साह यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वकै सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री नै बनेकी थिईन् । साह चौथो पटक नेपाल सरकारको मन्त्री बन्ने अवसर पाएकी छिन् । यसअघि उनि पहिलो पटक २०६८ सालमा डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएकी थिईन् भने २०७८ सालमा केपी ओली नेतृत्वको सरकार र २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री भएकी थिईन् ।

२०६४ सालमा नेकपा माओवादीबाट समानुतिकबाट संविधानसभा सदस्य बनेकी साह २०७४ सालमा बारा क्षेत्र नंबर ३(क) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुवै पार्टी छुट्टाछुट्टै बाटोमा हिड्दा साह भने एमालेतर्फ लागिन् । जसका कारण माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाएको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily