Aadarsh-Daily

वीरगन्ज महानगरपालिकाले आठ महिनामा झण्डै साढे ३३ करोड रुपैयाँ राजश्व संकलन

ad-4p

वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ काे आठ महिनामा झण्डै साढे ३३ करोड रुपैयाँ  राजश्व संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको साउन देखि फाल्गुन सम्म आठ महिनाकाे अवधिमा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैँया राजश्व संकलन गरेको हो ।

content ad p2
content left

महानगरले चालु आर्थिक वर्षकाे १२ महिनामा ७० करोड रुपैँया राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्दै महानगरपालिकाकाे राजश्व महाशाखा प्रमुख मनोज कर्णले लक्ष्य पूरा गर्नेगरी कार्य गरीरहेको जनाए ।

महानगरपालिकाले आठ महिनामा सम्पत्तिकरबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर-मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैँया राजश्व संकलन गरेको उनले बताए ।

यसैगरी सवारीसाधन कर (साना सवारी) बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर १ कराेड ४ लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैँया संकलन भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily