
वीरगञ्ज । सशस्त्र प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारस्थित मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले २ लाख ५६ हजार ९९० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको ७ जनाको गाडी मोबाईल टोलीले भारतबाट अवैध रुपमा साईकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा किराना सामान, लत्ताकपडा र फलफूल बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

