Aadarsh-Daily

करिब ७ लाख नगद विभिन्न बैंकका १९ थान चेक सहित १ जना वीरगञ्जबाट पक्राउ

ad-4p

वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ दुर्गाहल पछाडीको गल्लीबाट शंकास्पद रुपमा हिँडीरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

content ad p2

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारले बोकेको झोलाबाट प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।

content left

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाअनुसार उक्त झोलबाट स्रोत नखुलेको नेपाली १ हजार दरको ३३५ थान, ५ सय दरको ५६ थान गरी ६ लाख ८२ हजार नेपाली रुपैयाँ र २८ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

कलवारको साथबाट कृषी विकास बैंकको २ थान चेकबुक, सानीमा बैंकको चेकबुक ५ थान, माछापुच्छ्रे बैंकको चेकबुक २ थान, एनआईएमबी बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक ३ थान, प्राइम बैंकको चेकबुक २ थान र मेघा बैंकको १ थान गरी १९ थान चेकबुक पनि बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

वान प्लस र रेडमीको १÷१ थान मोबाईल पनि बरामद भएको उनले जानकारी दिए । कलवारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily