Aadarsh-Daily

सुनको मूल्य तोलामा २१ सयले बढ्यो

ad-4p

वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ ।

content ad p2
content left

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily