Aadarsh-Daily

वीरगन्जको श्रीपुरमा धान लोड भएको ट्रकबाट खसेर एक भारतीयको मृत्यु

ad-4p

वीरगन्ज । वीरगन्जमा धान लोड रहेको ट्रकबाट खसेर एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यहि ट्रकका सहचालक भारत बिहारको जहमावाद घर भएका ५५ बर्षिय महेश माझी रहेका छन् ।

content ad p2
content left

प्रहरीका अनुसार, भारतबाट धान लिएर आएको २५ जिए ०४२५ नम्बरको ट्रक वीरगन्जको ड्राइपोर्ट हुदैं बाराको कलैया तर्फ जाने क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित सडकमा सोमबारराति ११.३० बजेतिर उक्त ट्रकबाट खसेर सहचालक माझी गम्भिर घाइते भएका थिए । घाइते माझीको वीरगन्ज्कै नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

ट्रक र त्ययसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र आफन्त वा परिवारजन आएपछि जिम्मा लगाएर पठाइने थापाले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily