Aadarsh-Daily

बारामा श्रोत खुल्न नसकेको १३ लाख ५० हजार रुपै्रयाँसहित दुई जना पक्राउ

ad-4p

वीरगन्ज । बारामा श्रोत खुल्न नसकेको १३ लाख ५० हजार रुपै्रयाँसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाका ३४ बर्षिय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का ४२ बर्षिय रमेश कुशवाहा रहेका छन् ।

content ad p2

उनिहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

content left

न्यौपानेका अनुसार, सोमबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासंग जोडिएको बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ मुसहर्वामा पुगेको थियो । उक्त प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका प्रदेश २–०३–०१६प२३३७ नम्बरको मोटरसाइकलमा सवार पटेललाई रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनको साथबाट नेपाली १३ लाख ५० हजार रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । उनले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाईपनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षिक न्यौपानेले जानकारी दिए ।

पटेलको साथबाट बरामद रकम हुण्डीको कारोबारका लागि ल्याइएको भन्दै प्रहरीले पक्राउ परेका पटेल र कुशवाहा दुवै हुण्डीको कारोबारी भएको प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily