Aadarsh-Daily

वीरगन्जको सिर्सिया नदीलाई प्रदुषित गर्ने उद्योगीहरुलाई कारबाही गर्न सांसद जयसवालको माग

ad-4p

वीरगन्ज  ।    प्रतिनिधी सभा सदस्य (सांसद) विना जयसवालले वीरगन्ज महानगरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदुषित बनाइरहेका उद्योगहरुलाई कारबाही गर्न सरकारसंग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पर्साकी राप्रपा नेतृसमेत रहेकी सांसद जयसवालले तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदीलाई औद्योगिक कोरिडोरका उद्योगहरुले प्रदूषित बनाइरहेकाले ती उद्योगहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी हुन् ।

content ad p2
content left

वीरगन्जबासीको सामाजिक,आर्थिक, सांस्कृतिक जीवनसंग जोडिएको सिर्सिया नदी प्रदूषितमात्र नभई भूमाफियाहरुको चपेटमापनि परेको भन्दै उनले भननिन्,‘ नदीलाई प्रदूषण र अतिक्रमणको चपेटाबाट मुक्त गराउन सामाजिक अभियन्ताहरुले पटक पटक सडक आन्दोलन गरिसकेका छन् । सांसदहरुले संसदमा पटक पटक आवाज उठाइसकेका छन् । तर ती उद्योगहरुलाई अहिलेसम्म कारबाही किन भएन ? यसले सरकार कानमा तेल हालेर बसेको प्रष्टै हुन्छ।’

वातावरण संरक्षण ऐन २०७६ मिचेर उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोर पदार्थ,जिवजन्तुको छाला,हड्डी लगायतका वस्तु सिधै सिर्सिया नदीमा फाल्दै आएकाले नदी प्रदूषित भएको उनले बताइन् ।नदीको प्रदूषण रोक्न वीरगन्ज महानगरपालिकाले दोषी उद्योगीहरुलाई विभिन्न प्रकारको कारबहाी गरी आर्थिक जरीवाना गर्दासमेत उद्योगीहरुले नटेरेको स्मरण गराउँदै जयसवालले भनिन्,‘ उद्योगीहरुले पावर र पहुचको धाक लगाएर नदीलाई प्रदूषित बनाउने कार्य रोकेका छैनन् । कानूनलाई नै कठपुतली बनाइरहेका छन् । सरकार किन मुकदर्शक बनेको छ ? ’

त्यसका कारण नदी प्रदूषित गर्ने दोषी उद्योग र त्यसका सञ्चालकहरुलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याएर नदीलाई प्रदूषणमुक्त बनाउन तर्फ सरकारको ध्यान पुग्न जरुरी रहेको उनले बताइन् ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily