Aadarsh-Daily

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

ad-4p

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

content ad p2

संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्ततः राजीनामा दिए ।
मुख्यमन्त्री शर्माले राजीनामा दिने क्रममा प्रदेश सभालाई सम्बोधन गर्दै संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भिर समीक्षा गर्नुपर्ने बताए । संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिएको उनको तर्क छ ।

content left

‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरीब जनतालाई प्राथामिकता दिई आम जनताको भलाइका लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नतिर केन्द्रित हुनुपर्ने हो’, मुख्यमन्त्री शर्माले भने, ‘तर हामी संसदीय अंक गणितको भद्धा प्रहसर्नमा मात्र रुमल्लिने त होइनौं भन्ने खतरा आइनै रह्यो ।’

शर्माले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने अनुभूति भएको बताए ।

उनले केन्द्रीय राजनीतिमा देखिएको अंकगणितको सोझो असर प्रदेशमा परेको बताए । प्रदेश सरकारले आफनो स्वविवेक, स्वायतत्ता र स्वतन्त्रता प्रयोग गर्न पाए मात्र वास्तविक संघियतालाई बलियो बनाउन उनको तर्क छ ।

मुख्यमन्त्री शर्माले प्रदेशलाई संवैधानिक मर्मअनुुसार पूर्णरुपमा कार्यान्वयन लिन नसकेसम्म प्रदेशले विकास गर्न नसक्ने बताए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily