Aadarsh-Daily

लायन्स क्लब अफ इन्टरनेशनलको महाधिवेशन वीरगन्जमा हुने

ad-4p

वीरगन्ज । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ ।वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गरेर क्लबले चैत २४ गते वीरगन्जको होटल क्लार्कमा ऐतिहासिक दोश्रो महाधिवेशन गर्ने जानकारी गगराएको हो ।

content ad p2

महाधिवेशनको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गर्ने पत्रकार सम्मेलनमा क्लबका राष्ट्रिय अध्यक्ष डीएन अग्रवालले जानकारी दिए ।उद्घाटन समारोहमा क्लबका पास्ट इन्टरनेशनल डाईरेक्ट लायन जीएस होराको पनि आतिथ्यता रहने उनले बताए ।

content left

उक्त महाधिवेशनबाटै लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाईस डिस्ष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नरका लागि नयाँ नेतृत्व चयनपनि हुने र नयाँ नेतृत्वमा सर्वसम्मत चयन गर्ने प्रयास रहने अग्रवालले बताए ।

पर्सा, बारा, मकवानपुर, ललितपुर र काठमाडौं जिल्लालाई एउटा जिल्लाको रुपमा गठन गरिएको लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एसका झण्डै चार सय जना प्रतिनिधिहरु वीरगन्जमा हुने महाधिवेशनमा सहभागी हुने क्लबले जानकारी दिएको छ ।

महाधिवेशनमा सहभागी हुनेले प्रतिनिधि प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार रुपैया तिर्नु तथा प्रतिनिधिले आउने जाने यातायात खर्च र होटलमा बास बस्ने व्यावस्था भने आफैले गर्नुपर्ने पनि क्लबले जनाएको छ ।

क्लबका डिष्ट्रिक्ट चिफ पत्रकार वाहेतीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा पीएमसीसी रमेश कुमार अग्रवाल, डिष्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, एरिया चिफ उमेश शर्मा, टे«जर रामबिहारी पाण्डे लगायतकोपनि उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण लायन विजय कुश्वाहले गरेका थिए ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily