Aadarsh-Daily

राप्रपाको प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ

ad-4p

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा १८ जना घाइते भएका छन् ।

content ad p2

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ ।

content left

काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।

भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेर प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच सामान्य झडप भएको थियो भने प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको थियो ।

राप्रपाले भने प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेको थियो । राप्रपाको प्रदर्शनलाई ख्याल गर्दै सोमबार उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा समितिको बैठक बसेर एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको थियो ।

राप्रपाका नेताहरूले शान्तिपूर्ण तरिकाले निषेधित क्षेत्र तोड्ने यसअघि नै बताएका थिए । सोही योजना अनुसार उनीहरू भद्रकालीको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily